सेमिफाइनल प्रवेशका लागि मलेसियासँग खेल्दै नेपाल 

काठमाडौँ, ४ फागुन । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ ।

मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । यसअघि बुधबार कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो । 

टस जितेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो । ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि लक्ष्य घटाइएको थियो । डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।