ललित राजवंशीले लिए दोस्रो विकेट

काठमाडौँ, ३ फागुन । ललित राजवंशीले नामिबियाविरुद्ध जारी क्रिकेटमा दुई विकेट लिएका छन् । उनले नामिबियाका ओपनर निकोलस डबिनल र माइकल भान लिँगेनको विकेट लिएका हुन् ।

१३३ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ५४ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले १३२ रन बनाउँदै अलआउट भएको थियो । नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गेरहार्ड एरासमसले घातक बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

त्यस्तै, रुबेन ट्रम्पलमन र ज्याक ब्रसेलले समान २/२ विकेट लिए भने जन निकोल लोफ्टिएटनले एक विकेट लिएपछि नेपाल सस्तैमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।