बाँकेमा नेत्रहीन क्रिकेट खेल प्रतियोगिता हुँदै

काठमाडौँ,  १ फागुन । शर्मिला विश्वकर्मा । क्रिकेट खेल विश्व भरी नै चर्चित खेल रहेको छ । अधिकांश हाम्रो जनमानसमा क्रिकेट खेल लगायतका अन्य खेलहरू अपाङ्गता नभएका व्यक्तिहरूले मात्रै खेल्ने गर्दछन् भन्ने सोच रहेको छ । यो नकारात्मक सोचलाई नेत्रहीन क्रिकेट संघ नेपालले तोडिदिएको छ । वि.स.२०६३ सालमा पवन घिमिरेको अध्यक्षतामा काठमाडौँमा नेत्रहीन क्रिकेट संघ नेपालको स्थापना गरी पूर्ण दृष्टिविहीन तथा न्यून दृष्टियुक्त अपाङ्गता भएका व्यक्तिहरूलाई क्रिकेट खेलको तालिम दिएर नेपालमा नेत्रहीन क्रिकेट खेलको सुरुवात गरिएको हो ।

नेत्रहीन क्रिकेट संघ नेपाल मार्फत अहिले सम्म ३ वटा अन्तर्राष्ट्रिय र ९ वटा राष्ट्रिय नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सम्पन्न गरी सकेको छ । अपाङ्गता भएका व्यक्तिहरूले पनि राष्ट्रको लागि खेलकुदको माध्यमबाट योगदान दिन सक्छन्, अवसरको उपयोग गर्न र आफूलाई स्वावलम्बी बनाएर देश विदेशमा राष्ट्रलाई चिनाउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले नेपालमा पनि नेत्रहीन क्रिकेट खेलको सुरुवात गरिएको र पछिल्लो चरणमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू प्रति सामाझको दृष्टिकोण सकारात्मक हुँदै गएको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे बताउनु हुन्छ ।

त्यसै गरी नेत्रहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले नेपाल भरी छरिएर रहेका करिब २० हजार भन्दा बढी दृष्टिविहीन युवा तथा बालबालिकाहरूलाई एकीकृत गर्दै क्रिकेट खेलमा आबद्ध गरेर उनीहरूको पुनर्स्थापना र सशक्तीकरणका लागि नेत्रहीन क्रिकेट खेलको सुरुवात गरिएको बताउनु भयो । साथै उहाँले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि खेल खेल्न सक्छन्, खेल मार्फत उनीहरूले आफूमा भएको क्षमता, योग्यता तथा प्रतिभा प्रस्फुटन गरी समाजमा अपाङ्गता प्रति जनचेतना जगाउने सहयोग गर्न सक्षम हुन्छन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही फागुन ४ गते शुक्रवार देखि ८ गते मङ्गलवार सम्म बाँकेको कोहलपुरमा नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।

बाँकेको कोहलपुरमा यही फागुन ४ गते देखि ८ गते सम्म सञ्चालन हुने नेत्रहीन क्रिकेट खेल प्रतियोगितामा बर्दिया, रुपन्देही, सुदूरपश्चिम, सुर्खेत, चितवन र बाँके जिल्लाका ६ वटा समूहका ९० जना दृष्टिविहीन क्रिकेट खेलाडीहरू बिच उक्त प्रतियोगिता हुने छ । ती ९० जना खेलाडीहरू मध्येमा १६ जना महिला नेत्रहीन खेलाडीहरूले पनि उक्त प्रतियोगितामा भाग लिने कुराको जानकारी आयोजक संस्था नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।