गुरुकुल वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो : राष्ट्रपति पौडेल

काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् ।

आजदेखि काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलको रूपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे । 

उनले भने, ‘गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’ ।

देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ महायज्ञमा उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको वातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरूमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पु¥याउनुपर्ने बताए । ‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर