क्यानडाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

काठमाडौँ, २९ माघ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।

२२ वर्षीय भीम ७८ बलको सामना गरी पाँच चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा छन् । उनले ३१औँ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । भीमले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो चौथो अर्धशतक हो । उनले हाल २१ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १३ असोज । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको

काठमाडौँ, १३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका