एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज क्यानडाविरुद्ध खेल्दै नेपाल 

काठमाडौँ, २९ माघ । एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज नेपाल क्यानडाविरुद्ध खेल्दै छ ।

खेल बिहान ९ः१५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । 

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो । दुई खेलमा जित हात पारेसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना