सरकारद्वारा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड : मन्त्री राई

गाईघाट, २७ माघ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा जोड दिइरहेको भन्दै गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताए ।

आज नगरपालिकामा आयोजित कार्यक्रममा मन्त्री राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । स्थानीय सरकारले उचित स्थानमा कलेज सञ्चालनका लागि जग्गा उपलब्ध गराए सरकार स्वीकृति प्रदान गर्न तयार रहेको उनको भनाइ थियो । वर्तमान सरकार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रको विकासमा जोड दिइरहेको मन्त्री राईले बताए ।

मन्त्री राईले भने, “लामो समयदेखि उदयपुरमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा यसअघिका सरकारलाई पनि यहाँका सरोकारवाला निकाय तथा नागरिकले माग ज्ञापन बुझाउनुभएको थियो । यस विषयमा वर्तमान सरकारले अनुमति प्रदान गर्नेछ । यहाँका मेडिकल अध्ययन गर्न चाहने विद्यार्थीका लागि एउटा मेडिकल कलेज आवश्यक छ । यसमा शिक्षा मन्त्रालयको तर्फबाट कलेज स्थापना गर्न सरकारले सहयोग गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई