बालेनद्वारा सहरी मन्त्रालयलाई जवाफ दिन अस्वीकार

काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिकाका मेयर  बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते दुईवटा चिठी महानगरपालिकालाई पठाएको थियो । तर शाहले जवाफ दिएका छैनन् । यसप्रति मन्त्रालयका उच्च कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुईवटा चिठी पठाएको थियो । तर मेयर शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् । ‘चिठीको जवाफ त आउनुपर्थ्यो । जे भए पनि केही न केही कुरा आउनुपर्थ्यो। जवाफ नै नआउनु अति नै अपमान हो,’ कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले भने, ‘हामीले अहिलेसम्म दुई पटक चिठी पठाइसकेका छौँ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका