गोपीकृष्ण हल बन्द हुने

काठमाडौँ, २६ माघ । काठमाडौँको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ ।

गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरिएको हो । २०५२ सालदेखि सञ्चालनमा आएको हल फागुन १ गतेदेखि बन्द हुने प्रबन्ध निर्देशक  निरक पौडेलले जानकारी दिए । 

पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्