फ्राइडे रिलिजमा दयाहाङको ‘हात्तीछाप’ र ‘दयारानी’

काठमाडौँ, २६ माघ । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा सिनेमा रिलिज भएका छन् । ‘हात्तीछाप’ र ‘दयारानी’ आजबाट प्रदर्शनमा आएका हुन् । 

‘हात्तीछाप’ सिमोस सुनुवारको निर्देशन गरेको चलचित्र हो भने ‘दयारानी’लाई माओत्से गुरुङले निर्देशन गरेको चलचित्र हो । 
‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङलगायत कलाकार छन् । चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

‘दयारानी’मा पनि दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकार पनि मुख्य भूमिकामा छन् । यो सिनेमाका लेखक पनि निर्देशक स्वयं हुन् । माओत्सेको यो डेब्यु निर्देशन हो । 

चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ । यसबाहेक सिंगल थिएटरमा पनि सिनेमाले राम्रै शोज पाएको छ । चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ । यही बाहेक सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका