नेतान्याहुद्वारा हमासको युद्धविराम प्रस्ताव अस्वीकार

गाजा, २५ माघ । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले युद्धविरामसम्बन्धी हमासको प्रस्ताव अस्वीकार गरेका छन् ।

केही महिनाभित्रै गाजामा पूरा जित सम्भव भएको भन्दै उनले सो प्रस्तावका सर्तहरू ठाडै अस्वीकार गरेका हुन् । इजरायल समर्थित युद्धविरामको प्रस्तावको प्रतिउत्तरमा हमासले पनि एक पछि अर्को गर्दै मागहरू राखेपछि नेतान्याहुको अभिव्यक्ति आएको हो । हमाससँगको वार्तामा कुनै प्रगति नभएको अनि उसले राखेको सर्तलाई बेतुकको बताएका थिए । दुई पक्षबीच कुराकानी भइरहेको छ ।

तर अहिलेसम्म वार्ता टुङ्गोमा लागेको छैन । ‘ पूर्ण र अन्तिम जित बाहेक कुनै समाधान नै छैन ’ बुधबार पत्रकार सम्मेलनमा नेतान्याहुले भनेका थिए । हमासले मंगलबार युद्धविरामको प्रस्तावमा आफ्नो सर्तहरू तेर्साएको थियो । यसमा तीन चरणका प्रस्तावहरू थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको