काठमाडौँ, २५ माघ । प्रदीप भट्टराईको निर्देशनमा रहेको फिल्म ‘महाजात्रा’को दुई जोडीको पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङ चित्रित छन् । फिल्म सोसल ड्रामा भए पनि फणिन्द्र (विपिन) र सम्पदा (वर्षा)को प्रेमलाई दर्शकले ‘जात्रा’ श्रृंखलामा रुचाउँदै आइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रुपमा थपिएका छन् ।
फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
