‘मेयर’मा वर्षा अनुबन्धित

काठमाडौँ, २४ माघ । दीपेन्द्र के खनालको आगामी फिल्म ‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् ।

आज निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको छ । फिल्ममा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने जनाइएको छ । पहिलोपटक खगेन्द्र र वर्षाले स्क्रिन सेयर गर्न लागेका हुन् । यो फिल्ममा अर्पण थापा पनि यसअघि अनुबन्धित भइसकेका छन् ।

फिल्मको छायांकन फागुन १५ देखि सर्लाहीमा हुने जनाइएको छ । फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रुपमा दीपेन्द्र छन् । यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबारे प्रेरित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।