‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने

काठमाडौँ, २३ माघ । विश्वचर्चित हलिउड फिल्म निर्देशक जेम्स क्यामरुनले ‘अवतार’ फ्रेन्चाइजीमा थप फिल्म बनाउने भएका छन् ।

उनी अहिले ‘अवतार ३’ को पोस्ट–प्रोडक्सनमा व्यस्त छन् भने ‘अवतार ४’ को लगभग आधा छायांकन भइसकेको छ । पिपुल म्यागेजिनसँगको अन्तर्वार्तामा निर्देशक क्यामरुनले आफूसँग छैटौं र सातौं श्रृंखलालाई लिएर योजना रहेको बताए । उनले भने, ‘हामीले पाँच सिक्वेलसम्म पूर्णरुपमा लेखेका छौं । मसँग अझै दुईवटा श्रृंखलाको विचार छ । त्यो बिन्दुमा म सम्भवतः निर्देशकीय काम हस्तान्तरण गर्नेछु । यसको अर्थ, हामीले जे गरिरहेका छौं । त्यसको आनन्द लिइरहेका छौं । हामी महान् व्यक्तिहरुसँग काम गर्न सक्छौं ।’

डिज्नीसँग यसको थिएटर रिलिज क्यालेन्डरमा अर्को तीन अवतार फिल्म छन् । ‘अवतार ६’ मा जेम्स क्यामरुन नभएपनि फ्रेन्चाइजी जारी रहनेछ भन्ने कुरा स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने