संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

न्यूर्योक, २३ माघ । संयुक्त राष्ट्र्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)को मूल्यांकन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन् । 

गत अक्टोबर ७ मा इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका १२ कर्मचारी संलग्न रहेको इजरायली दाबीका कारण मानवीय संगठनले आलोचनाको सामना गर्नुपरेको छ । एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेनलगायत एक दर्जनभन्दा बढी राष्ट्र्रहरूले निलम्बन गरेका छन् ।

फ्रान्सका पूर्वविदेशमन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्ट्रसंघले विज्ञप्तिमार्फत घोषणा गरेको अलजजिराले जनाएको छ । एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपहरूको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्यांकन गर्नु अनुसन्धानको घोषित उद्देश्य रहने बताइएको छ ।

अलजजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिसहरू समावेश गरिने गुटेरेसले बताए । यो मूल्यांकन संयुक्त राष्ट्र्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन । जुन गत महिना १२ जना यूएनआरडब्लूए कर्मचारीहरूविरुद्धको प्रारम्भिक आरोपपछि सुरु गरिएको थियो ।

अक्टोबर ७ मा पहिलो आक्रमणपछि सुरु भएको इजरायल र हमासबीचको युद्धमा करिब एक हजार २०० इजरायली मारिएका र करिब २५० जना बन्धक बनाइएका थिए । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका