पोखरा, २० माघ । पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्ड कपको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले उचालेको छ ।
आज पोखरा रङ्गशालामा भएको फाइनलमा पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई ३-० गोलअन्तरले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।
आर्मीका लागि पहिलो गोल क्याप्टेन गिलेस्पी जंग कार्कीले ३८ मिनेटमा गरेका थिए । दोस्रो गोल आर्मीका फत्तेमान घलेले ८३ मिनेट र वसन्त जिम्बाले इन्जुरी समयमा गोल थपे ।






