अस्कल क्याम्पसमा विद्यार्थीले लखेटे क्रान्तिकारीलाई: अनेरास्ववियुका कोइराला घाइते

काठमाडौँ, १९ माघ । सत्ता गठबन्धन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीलाई अस्कल क्याम्पसका होस्टलका विद्यार्थीले लखेटेका छन् ।

देशको पुरानो साइन्स क्याम्पसमा क्रान्तिकरिको अराजकता बढेको भन्दै होस्टलका विद्याथर्थीले क्रान्तिकारीका नेता तथा कार्यकर्तालाई आज लखेटेका हुन् । दोहोरो झडपमा एमाले निकट अनेरास्ववियु क्याम्पस कमिटी सहसचिव तथा स्ववियु सदस्य विवेक कोइराला घाइते भएका छन् । उनको हाल उपचार भइरहेको अनेरास्ववियुले जनाएको छ ।

झिनो मतले स्ववियुमा विजय हासिल गरेको क्रान्तिकारीले सभापतिमा जीत हासिल गरेको थियो । स्ववियु सभापति तथा क्याम्पस अध्यक्ष, उपायक्ष लगायतको आडमा क्याम्पसमा क्रान्तिकारीले अराजक गतिविधिहरु गरिरहेको भन्दै अनेरास्ववियुले कडा रुपमा आपत्ती जनाएको छ । क्रान्तिकारीका नेता तथा कार्यकर्ताका कारण क्याम्पसमा अराजकता बढेको विद्यार्थीले गुनासो गरेका छन् ।

स्ववियु सभापित, क्रान्तिकारिका क्याम्पस कमिटीका अध्यक्ष, उपाध्यक्ष आफै होस्टल तोडफोड गर्न अग्रसर देखिएको विद्यार्थीको आरोप रहेको छ । क्रान्तिकारीका केन्द्रीय नेता पवन कार्कीको नेतृत्वमा काठमाडौँ उपत्यकाभरका अराजक गुन्डाहरु आएर आज साझ होस्टल वार्डेन र विद्यार्थीहरु बस्ने कोठाहरु क्रान्तिकारीले तोडफोड गरेका छन् । त्यस्तै होस्टल पार्किङमा रहेका विद्यार्थी तथा सुरक्षाकर्मीको सवारी साधन ध्वस्त हुनेगरी फुटाएका छन् । होस्टलमा सर्वसाधारण विद्यार्थीहरुले आजको अराजकताको प्रतिकार गर्दै क्रान्तिकारीका नेता पवन कार्की लगायत सयौं क्रान्तिकारीलाई अस्कलबाट लखेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई