बाह्र वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता

दोधारा चाँदनी, १९ माघ । खेलाडी उत्पादनको उर्वर भूमी मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता भएको छ । यहाँ हाल तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता चलिरहेको छ ।
    
भलिबल, क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कबड्डी, फुटबल, बक्सिङलगायत खेलका खेलाडी उत्पादनको थलोका रुपमा रहेको कञ्चनपुरमा यसअघि खेलकुद गतिविधि सुनसानजस्तै बनेको थियो । विसं २०६८ मा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । 

उक्त प्रतियोगिताका केही खेल कञ्चनपुरमा तथा बाँकी खेल कैलाली र डडेलधुरामा खेलाइएका थिए । त्यसयता कञ्चनपुरमा राष्ट्रिय प्रतियोगिता हुन नसकेको ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले बताए । 

“छैटौँ राष्ट्रिय खेलकुदपछि यहाँ कुनै प्रतियोगिता भएनन्, कारण खेलाडी र खेलप्रेमी निराश थिए”, उनले भने । महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएपछि यहाँको वातावरण खेलकुदमय बनेको छ । भलिबल हेर्न दैनिक उल्लेख्य मात्रामा दर्शकको उपस्थिति रहने गरेको छ ।     

प्रतियोगितामा सात प्रदेशका साथै र तीन विभागीय टोली सहभागी रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले बताए । प्रतियोगितास्थल खुलामञ्च दर्शकले भरिभराउ रहन्छ । “दुई दशकयता सुदूरपश्चिमबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन भइरहेका छन्”, उनले भने । 

सुदूरपश्चिमबाट उत्पादन भएका धेरै खेलाडी अहिले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबमा आवद्ध छन् । विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, ललित भण्डारी, दिलीप नाथ, सन्दीप जोरा, भीम सार्की, लोकेश बमलगायत क्रिकेट खेलाडी सुदूरपश्चिमकै उत्पादन हुन् । खेलाडी उत्पादनका लागि उर्वर भूमी भए पनि प्रशिक्षक तथा खेल पूर्वाधार अभाव भने कायमै छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४  असोज । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित

एजेन्सी, १३ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसमा थप १० हजार उत्तर कोरियाली सैनिक पठाउने तयारी भइरहेको दाबी गरेका छन्

एजेन्सी, १३ असोज । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९

एजेन्सी, १२ असोज । सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको