आईसीसी यू-१९ विश्वकपमा आज भारतको सामना गर्दै नेपाल

काठमाडौँ, १९ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल भारतविरुद्ध खेल्नेछ ।

नेपाल र भारतबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत विश्वकपमा अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ ।

यसअघिको खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो । नेपाल समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तानविरुद्ध खेलमा भने नेपाल एक विकेटको जित निकालेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर