सीपमूलक शिक्षा आजको आवश्यकता : अध्यक्ष तिमिल्सिना

कास्की, १४ माघ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीलाई विदेश जानबाट रोक्न दश जोड दुई अध्ययन गर्दा नै सीपमूलक शिक्षा दिन आवश्यक भएको बताएका छन् । 

पोखरा-५ स्थित धर्मस्थली आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले अब व्यावसायिक र रोजगारमूलक शिक्षा नेपालमा आवश्यक देखिएको औँल्याए । सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकले पनि सीपमूलक शिक्षालाई समावेश गर्ने विश्वास उनले दिलाए । शिक्षण पेसा अत्यन्तै महत्त्वपूर्ण भएकाले उनीहरूले जागिर खाने मानसिकता हटाएर भविष्यका कर्णधार उत्पादनमा लागेको छु भन्ने सोचलाई अगाडि बढाउन उनले सुझाव दिए ।

अधिकांश सरकारी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर न्यून भएकाले त्यसलाई सुधार गर्न जरुरी भएको बताउँदै उनले निजीको तुलनामा सरकारी विद्यालयमा अध्ययापन गराउने शिक्षक दक्ष भए पनि विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । जागिर खाने मानसिकता हटाउँदै जिम्मेवारीपूर्णरूपमा आफूले प्राप्त गरेका तालिमलाई प्रयोग गर्दै विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउन पनि उनको सुझाव थियो । शिक्षकप्रतिको आकर्षण घट्दा पनि शिक्षक जागरुक हुन नसकेको उनको भनाइ थियो । 

वर्तमान राजनीतिबारे बोल्दै अध्यक्ष तिमिल्सिनाले आन्दोलनबाट प्राप्त सङ्घीय गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई परिवर्तन गर्न जरुरी भएको बताए । “सुशासन र जनताका कामलाई प्राथामिकतामा राखेर दलहरू अगाडि बढ्नुको विकल्प छैन, सेवा प्रवाहका कामलाई चुस्तदुरुस्त पार्दै जनताका समस्या समाधान गरौँ”, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,