सङ्घीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ : शिक्षामन्त्री राई

भक्तपुर, ११ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् ।  एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा छलफलको क्रममा रहेको जानकारी दिए ।

उनले संसद्मा विचाराधीन नयाँ सङ्घीय शिक्षा विधेयक पारित भएपछि यसबाट सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लोस्तरमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकारले शिक्षामा दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको मन्त्री राईको भनाइ थियो । शिक्षा क्षेत्रमा रहेका कमीकमजोरी सुधार्न आफू लागि परेको उनले उल्लेख गरे ।
    
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ्, प्राचार्य रञ्जना बजगाईं लगायतले विद्यालयको शैक्षिक गुणस्तरमा धयान दिन आग्रह गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,

काठमाडौँ, ५ असोज । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस