दुनियाको एकमात्र दशतारे होटल

दुबईको बीच भागमा झलमल्ल अरब सागरमाथिको टापुमा छ दुनियाको एकमात्र टेन स्टार दाबी गरिएको होटल । यसको नाम हो बुर्ज अल अरब ।

कृत्रिम टापुमा अवस्थित यो वास्तुशिल्प जुमेराहको नजिक निर्माण गरिएको छ, जुन विलासिताको पर्याय बनेको छ । दुबईको शानदार स्काइलाइनमा चम्किरहने बुर्ज अल अरब विश्वका सबैभन्दा अग्ला होटलमध्ये एक हो । तर यसमा एउटा रोचक रहस्य लुकेको छ । त्यो के भने, यो होटलको ३९ प्रतिशत हिस्सा बस्न लायक छैन । यी खाली तलाहरुले भव्यतासँगै एक अनौठो रहस्यमयी हावा पेश गर्दछन् ।

सन् १९९९ मा जब बुर्ज अल अरब दुनियाको सबैभन्दा अग्लो होटलको रुपमा निर्माण भयो तब यो दुबईको भव्यताको एक चिनारी बन्न पुग्यो। यसको निर्माण लागत तत्कालीन समयमा १ अर्ब डलर लागेको थियो । जुमेराह तटबाट २८० मिटरको दूरीमा अवस्थित यो होटल आफ्नै सिँगो कृत्रिम टापुमा अवस्थित छ । यहाँसम्म पुग्नका लागि एउटा घुमाउरो पुलको प्रयोग गर्नु पर्दछ । आफ्नो अनौठो आकार तथा भव्यताका साथमा बुर्ज अल अरब केवल एक लग्जरी होटल मात्र नभई दुबईको महत्वकांक्षा तथा आधुनिकताको प्रतिक पनि हो ।

मिडिया रिपोर्ट अनुसार यो होटलमा एकरात बस्नका लागि कोठाको न्यूनतम २ लाख रुपैयाँ सम्म खर्च गर्नुपर्दछ । मूख्य सहरबाट एक निजी पुलले जोडिएको यो होटलको छतमा ६८९ फिटको उचाइँमा हेलिप्याड पनि छ । यो होटलमा आउने पाहुनाहरुको आगमनलाई भव्य बनाउनका लागि दुईवटा विकल्प दिइएको छ । छतमा हेलिकप्टरबाट उतारेर सिधै होटलमा छिराउने वा शाही ठाँटबाँटले सुसज्जित रोल्स रोयस कारमा ल्याउने । यो आलिशान होटलका कोठाहरु भुँयदेखि छतसम्म फैलिएका झ्यालहरुले सुसज्जित छन् । जसबाट अरब सागरको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई