दुनियाको एकमात्र दशतारे होटल

दुबईको बीच भागमा झलमल्ल अरब सागरमाथिको टापुमा छ दुनियाको एकमात्र टेन स्टार दाबी गरिएको होटल । यसको नाम हो बुर्ज अल अरब ।

कृत्रिम टापुमा अवस्थित यो वास्तुशिल्प जुमेराहको नजिक निर्माण गरिएको छ, जुन विलासिताको पर्याय बनेको छ । दुबईको शानदार स्काइलाइनमा चम्किरहने बुर्ज अल अरब विश्वका सबैभन्दा अग्ला होटलमध्ये एक हो । तर यसमा एउटा रोचक रहस्य लुकेको छ । त्यो के भने, यो होटलको ३९ प्रतिशत हिस्सा बस्न लायक छैन । यी खाली तलाहरुले भव्यतासँगै एक अनौठो रहस्यमयी हावा पेश गर्दछन् ।

सन् १९९९ मा जब बुर्ज अल अरब दुनियाको सबैभन्दा अग्लो होटलको रुपमा निर्माण भयो तब यो दुबईको भव्यताको एक चिनारी बन्न पुग्यो। यसको निर्माण लागत तत्कालीन समयमा १ अर्ब डलर लागेको थियो । जुमेराह तटबाट २८० मिटरको दूरीमा अवस्थित यो होटल आफ्नै सिँगो कृत्रिम टापुमा अवस्थित छ । यहाँसम्म पुग्नका लागि एउटा घुमाउरो पुलको प्रयोग गर्नु पर्दछ । आफ्नो अनौठो आकार तथा भव्यताका साथमा बुर्ज अल अरब केवल एक लग्जरी होटल मात्र नभई दुबईको महत्वकांक्षा तथा आधुनिकताको प्रतिक पनि हो ।

मिडिया रिपोर्ट अनुसार यो होटलमा एकरात बस्नका लागि कोठाको न्यूनतम २ लाख रुपैयाँ सम्म खर्च गर्नुपर्दछ । मूख्य सहरबाट एक निजी पुलले जोडिएको यो होटलको छतमा ६८९ फिटको उचाइँमा हेलिप्याड पनि छ । यो होटलमा आउने पाहुनाहरुको आगमनलाई भव्य बनाउनका लागि दुईवटा विकल्प दिइएको छ । छतमा हेलिकप्टरबाट उतारेर सिधै होटलमा छिराउने वा शाही ठाँटबाँटले सुसज्जित रोल्स रोयस कारमा ल्याउने । यो आलिशान होटलका कोठाहरु भुँयदेखि छतसम्म फैलिएका झ्यालहरुले सुसज्जित छन् । जसबाट अरब सागरको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको

काठमाडौँ, ५ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्‌मा मुठभेडमा लैजान चाहेको

काठमाडौँ, ५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका

काठमाडौँ, ५ जेठ । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ ।