प्रतिनिधिसभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसदको खोजी

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभामा ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ अगाडि बढाउने सांसदको खोजी भएको छ ।

सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेसँगै मर्यादासम्बन्धी विधेयक प्रस्तुतकर्ता सांसदहरु प्रतिनिधि सभामा विधेयक अगाडि बढाउने सांसदको खोजीमा लागेका हुन् । तर अहिलेसम्म विधेयक अगाडि बढाउने सांसद भेटिएका छैनन् । ‘पार्टीहरुमा छलफल गरिरहेका छौं’ राष्ट्रियसभा एक सदस्य भन्छन्, ‘तर अहिलेसम्म मर्यादा सम्बन्धी विधेयक अगाडि बढाउने प्रतिनिधि सभाका कुनै पनि सदस्य तयार भएका छैनन् ।’

यो गैरसरकारी विधेयक हो । राष्ट्रिय सभा सदस्यहरु माओवादी केन्द्रका गोपी आछामी, एमालेका देवेन्द्र दाहाल, कांग्रेसका रमेशजंग रायमाझी र प्रकाश पन्थ, एकीकृत समाजवादीका वेदुराम भुसाल, जसपाकी प्रमिला कुमारी, लोकतान्त्रिक समाजवादी पार्टीका शेखर सिंह, राष्ट्रिय जनमोर्चाका तुल विक लगायतले संयुक्त रुपमा यो विधेयक ५ चैत २०७९ मा दर्ता गराएका थिए । राष्ट्रिय सभाले १४ कातिक २०८० मा पारित भएर प्रतिनिधि सभामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तुलसीपुर, १८ कार्तिक । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर

बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट  बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३

हुम्ला, १८ कार्तिक । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही

काठमाडौँ, १८ कार्तिक । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत