लामो समयसम्म कम्प्युटरमा गेम खेल्नेहरुको श्रवणशक्ति गुम्ने समस्या

काठमाडौँ, ५ माघ । लामो समय मोबाइल, ल्यापटप वा कम्प्युटरमा भिडियो गेम खेल्नेहरूको श्रवणशक्ति गुम्ने तथा उनीहरूमा ‘टिनिटस’ अर्थात् लगातार घण्टी बजेजस्तो सुनिने समस्या हुने गरेको पाइएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकाको दक्षिण केरोलिना विश्वविद्यालयका विशेषज्ञहरूले ५० हजार जनाभन्दा धेरैमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो । उत्तर अमेरिका, युरोप, दक्षिण एसिया, एसिया, दक्षिण पूर्व एसिया र अस्ट्रेलियाका गरी १४ जना विशेषज्ञले ५३ हजार ८ सय ३३ जनामा गरेको अध्ययन ओपन एक्सेस जर्नल बीएमजे पब्लिक हेल्थमा प्रकाशित गरिएको छ । 

सहभागीमध्ये २० देखि ६८ प्रतिशतले भिडियो गेमका कारण कानमा लगातार घण्टी बजेजस्तो सुनिने र झन्झनाहट हुने गरेको बताएका थिए । हेडफोन, इअरबर्ड, एअरफोन लगाएर गेम खेल्दा, गीत सुन्दा आउने तीव्र गतिको ध्वनिका कारण श्रवणशक्ति गुम्ने सम्भावना बढेको अध्ययनमा उल्लेख छ । एक अध्ययनले अमेरिकाका १ करोडभन्दा बढी मानिसले श्रवणशक्तिमा असर गर्ने खालको तीव्र गतिको आवाज सुन्ने गरेको पुष्टि गरेको थियो । अमेरिकासँगै विश्वभर हेडफोन, इअरबर्ड, एअरफोन प्रयोगकर्ता तथा भिडियो गेम खेल्नेहरूको सङ्ख्या बढिरहँदा जोखिम बढेको अध्ययनको निष्कर्ष छ । विशेषगरी स्कुले बालबालिका, किशोरकिशोरी, भिडियो गेम खेल्नेहरूमा श्रवण समस्या बढी देखिएकाले भिडियो गेम लगायतबाट आउने उच्च गतिको आवाजको जोखिमबारे सचेत गराउनुपर्ने विज्ञहरुको सुझाव छ । 

डब्ल्यूएचओको निर्देशनअनुसार वयस्कहरूले हप्ताको ४ घण्टाका लागि ८५ डेसिबल्स र हप्ताको १ घण्टा १५ मिनेटका लागि ९० डेसिबल्स सुन्न सक्छन् । फोर शुटिङ गेममा हेडफोनको औसत आवाज ८८ दशमलव ५ डेसिबल्सदेखि ९१ दशमलव २ डेसिबल्ससम्म हुने गरेको अध्ययन क्रममा पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ