काठमाडौँ, ४ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् वितरण लाइनलाई अपडेट गर्नुपर्ने बताएका छन् ।
इप्पान डे–२०८० का अवसरमा बिहीबार काठमाडौँ आयोजित कार्यक्रममा उनले विद्युत् निर्यात गर्न उत्पादन बढाउनुपर्ने बताए ।
उनले भने, “वितरणका पूर्वाधार पुराना भएका छन्, अपडेट गर्न आवश्यक छ,” “लगानीमैत्री वातावरण बनाउँदै अगाडि बढ्नेछौँ । निजी क्षेत्रलाई निराश बनाउँदैनौँ ।”
सुरक्षाका विषयमा पनि सरकार गम्भीर रहेको उनले बताए । विद्युत् निर्यात गर्न उत्पादन बढाउनुपर्ने भन्दै मन्त्री बस्नेतले नीति–नियमले समस्या पारेको भए त्यसलाई संशोधन गरेर अगाडि बढ्न सकिने उल्लेख गरे ।