इजरायलले निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाएको वेष्ट बैंककाे आराेप

एजेन्सी, ४ माघ । इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी नागरिकहरूको समूहलाई लक्षित गरेर आक्रमण गर्नु इजरायलको गल्ती भएको उनीहरुले बताएका छन् । उनीहरुका कारण इजरायली सेनालाई कुनै खतरा नभएको भन्दै वेष्ट बैंकले इजरायलको आक्रमणको विरोध गरेको बीबीसीले जनाएको छ । यसअघि जनवरी ७ तारिखमा इजरायलको एउटा गाउँमा एकै घरमा चारजना  दाजुभाईसहित सात जनाको आक्रमणका क्रममा ज्यान गएको थियो।

इजरायलले उनीहरु विद्रोही समूह रहेको दाबी गर्दै आएको छ । तर वेष्ट बैंकले मारिनेमा कृषि क्षेत्रमा काम गर्ने श्रमिक रहेको भन्दै इजरायलविरुद्ध विभिन्न प्रमाणहरु देखाइरहेको खबरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तुलसीपुर, १८ कार्तिक । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर

बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट  बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३

हुम्ला, १८ कार्तिक । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही

काठमाडौँ, १८ कार्तिक । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत