समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले : मन्त्री शर्मा

काठमाडौँ, ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थी विदेश रोज्न थालेको बताएकी छन् ।

आज त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरू बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेको बताइन् ।

उनले भनिन्, “टीयूसँग केही गुनासाहरू छन् । नतिजा र परीक्षाहरूका समस्याको बारेमा । समयमै नहुने समस्या छ । त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेका छन् । त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ । टीयू राम्रो हो तर के गर्नु ? समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन । कोर्ष पूरा हुँदैन भन्ने गुनासो छ । परीक्षा, नतिजा लगायतका सबै कुरालाई सूचना र प्रविधिमा लाग्यौँ भने यस्ता समस्याहरू अन्त्य भएर जान्छन् । हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने गुनासा समाधान हुनेछन् । विश्वविद्यालय माथि उठ्नेछ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन