इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता

एजेन्सी, ३ माघ । इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् ।

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति दिने कतारका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  ।

एक सय दिनभन्दा बढी समयसम्म इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था भयावह रहेको बीबीसीको खबरमा उल्लेख छ । यसैबीच अमेरिकाले अब हुने वार्ताले थप बन्धकहरूलाई रिहा गर्न सक्ने कुरामा आशावादी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति