विश्वचर्चित भ्लगर नास डेलीले लुम्बिनीमा भेटे बौद्ध गुरु

काठमाडौँ, ३ माघ । विश्वचर्चित इजरायली भ्लगर नास डेली आइतबारसम्म नेपालमा थिए । शनिबार आइपुगेका उनी भोलिपल्ट फर्किए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भिडियो सामाजिक संजालमा सेयर गरेका छन् । बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएका उनले लुम्बिनी पुगेर बौद्ध धर्मगुरुसँग समेत भेटे ।

लुम्बिनी घुमेको र बौद्ध गुरुसँग भेटेको तस्वीर उनले सामाजिक संजालमार्फत सेयर गरेका छन् । ‘केही भिन्न काम गर्न म नेपाल आइपुगेको थिएँ’ उनले भनेका छन् । खास नाम नुसेर यासिन भएपनि नास डेलीका रुपमा उनी प्रसिद्ध छन् । ६ महिनाअघि उनले शारिरिक ब्यायामको च्यालेन्ज लिएका थिए । अबको ६ महिना आध्यात्मिकरुपमा स्वस्थ हुने च्यालेन्ज उनले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् । असोज १५ गतेदेखि प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् ।  काठमाडौँ

काठमाडौँ, २३ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट

काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार