बन्द बोतलभित्रको पानीमा प्लास्टिकका लाखौँ कण हुने अध्ययनको पुष्टि

काठमाडौँ, ३ माघ । बन्द बोतलभित्र राखिएको पानीमा प्लास्टिकका लाखौँ कण हुने एक अध्ययनले पुष्टि गरेको छ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालय र रटगर्स विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा एक लिटर पानीमा औसत २ लाख ४० हजार प्लास्टिकका कण भेटिएको हो । तीन ठूला उद्योगबाट उत्पादित बोतलको पानीमा गरिएको अध्ययनका क्रममा प्रतिलिटर १ लाख १० हजारदेखि ३ लाख ७० हजारसम्म प्लास्टिकका कण भेटिएका छन् । तर वैज्ञानिकहरूले ती उद्योगको नाम भने उल्लेख गरेका छैनन् । यसमध्ये ९० प्रतिशत बोतलको पानीमा नानो प्लास्टिकका कण र बाँकीमा माइक्रोप्लास्टिकका कण भेटिएका छन् । 

बजारमा सहजै किन्न पाइने बोतलको पानीमा भेटिएका नानो प्लास्टिकका कणहरू फोक्सो र पाचन प्राणालीमार्फत रगतमा मिसिएर मस्तिष्क तथा मुटुसम्म पुग्ने र सबै अङ्गलाई प्रभावित पार्ने वैज्ञानिकहरूले बताएका छन् । गर्भावस्थामा विकसित हुने अङ्ग ‘प्लेसेन्टा’ मार्फत यस्ता प्लास्टिकका कण बच्चाको शरीरमा पुग्ने हुँदा शिशुलाई समेत गम्भीर असर पुग्ने अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार धारा, नल तथा पाइपको पानीभन्दा बोतलभित्रको पानीमा प्लास्टिकको कण धेरै हुने गर्छ । 

वैज्ञानिकहरूले प्लास्टिकको बोतलमा प्याक गरिने पानीमा पहिलेको तुलनामा धेरै गुणा बढी प्लास्टिकको कण फेला परेको र यो विश्वका लागि चिन्ताको विषय भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज