एमालेका मनोनीत ६ केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण

काठमाडौँ २ माघ । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन् ।

गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

मनोनीत केन्द्रीय सदस्यहरूलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा शपथ गराएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापा पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान