पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जिते आयोवाको ककस

एजेन्सी, २ माघ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावका लागि उम्मेदवार हुनुपूर्व आयोवा राज्यबाट स्थानीय प्रतिनिधिहरुको समर्थन पाएका छन् ।

ककस भनिने यो प्रतिस्पर्धामा सबैभन्दा अन्तिम स्थानमा रहेका भारतीय मूलका विवेक रामास्वामीले राष्ट्रपतिको चुनावी अभियानबाट पछि हटेको बताएका छन् । उनले राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने बताएका छन् ।

ककसको आयोजना स्कुल जिम, टाउन हल जस्ता सार्वजनिक स्थानमा हुने गर्दछ । ककस एक प्रकारको स्थानीय बैठक हो । यसको आयोजना रिपब्लिकन र डेमोक्रेटिक दुई पार्टीहरुले गर्दछन् । आयोजनामा हुने खर्च पनि तिनै पार्टीहरुले व्यहोर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।