गाजा द्वन्द्वले विश्वकै सुरक्षालाई खतरामा पार्छ : जोर्डन

एजेन्सी, २ माघ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले विश्वकै सुरक्षालाई खतरामा पार्ने बताएका छन् । राजधानी अम्मानमा ग्रीसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँगको भेटमा सफादीले यस्तो टिप्पणी गरेका हुन् ।

दुई देशका मन्त्रीहरूले छलफलका क्रममा गाजाको विकास, द्वन्द्व रोक्न प्रयास र ‘स्ट्रिप’मा मानवीय प्रकोपमा ध्यानकेन्द्रित गरेका थिए ।

बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सफादीले गाजामा शत्रुताको तत्काल अन्त्य गर्न र स्ट्रिपलाई आवश्यक सबै सहयोग पु¥याउन प्रभावकारी संयन्त्र अपनाउन आह्वान गरे । ग्रीक मन्त्रीले जोर्डन सो क्षेत्रको प्रमुख देश भएको बताए । प्यालेस्टाइन मुद्दाको दिगो समाधान खोज्न पूर्वसर्तका साथ जोर्डनले भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे । उनीहरूले इजरायल–हमास द्वन्द्वको अन्त्य चाँडै हुनुपर्ने बताए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने