‘खजुरे ब्रो’बाट सिनेमामा नीति शाहको डेब्यु 

काठमाडौँ, २ माघ । चलचित्र ‘खजुरे ब्रो’को अफिसियल घोषणा गरिएको छ ।

कमेडी जनरामा बन्ने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । चलचित्रका लेखकसमेत रहेका निर्देशक सुनुवारले ‘खजुरे ब्रो’ धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको बताए । 

रेयर राई ‘खजुरे ब्रो’को शीर्ष भूमिकामा देखिनेछन् । चलचित्रमा रेयरसँगै महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्कीलगायत कलाकारको अभिनय रहनेछ । 

आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’को कथा र टिम मन परेकाले काम गर्न लागेको नीति शाहले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।