रुसकाे जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी

एजेन्सी, २ माघ । युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ ।

युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको बताएका बीबीसी हिन्दीले जनाएको छ । यो विमानले रुसको हवाई सुरक्षा प्रणाली पत्ता लगाएर अरु जेट विमानहरूको सम्भावित निशाना पहिले नै पत्ता लगाउने गरेको थियो ।

यसअघि युक्रेन लगातार दक्षिणपूर्वी क्षेत्रमा रुसमाथि कब्जा जमाउन असफल भएको थियो । तर युक्रेनले सैन्य विमान खसालेको कुरालाई विज्ञहरूले रुसको हवाई शक्तिका लागि ठूलो धक्का पुगेकाे मानिरहेका छन् । रुसी विशेषज्ञहरूले ए–५० नामको रुसी जासूस सैन्य विमानको विनाश ठूलो कुरा भएको बताएका खबरमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्