विपद् व्यवस्थापन प्राधिकरणद्वारा गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह

काठमाडौँ, १ माघ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह गरेको छ ।

गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न प्राधिकरणले अनुरोध गरेको हो ।

जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरू यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

जाजरकोटकै पनि बारेकोटमा खानीका ढुङ्गा प्रयोग गरेर बनाएका घरमा क्षति कम भएको उहाँले उल्लेख गर्नुभयो । पोखरेलले कर्णाली प्रदेशका ८० प्रतिशत घरहरू काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका जानकारी दिँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गर्नुभयो । प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेपालगञ्ज, १० फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दैन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

काठमाडौँ, १० फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।