काठमाडौँ महानगरले स्कुलमा योग सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा योग सिकाउने भएको छ ।

महानगरले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए ।

नवौं राष्ट्रिय योग दिवसका अवसरमा सोमबार स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महर्जनले भने, ‘विद्यालयहरुमा अक्षर मात्र सिकाउँदैनौं । योगबाट सुखी हुने सीप पनि सिकाउँछौं ।’ उपचारात्मक स्वास्थ्य सेवाभन्दा निदानात्मक उपचार पद्धतिमा महानगरपालिकाको जोड रहेको भन्दै उनले ज्ञान र विज्ञानलाई जोड्ने क्षमता योग विधामा रहेकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

योगलाई जातीय, धार्मिक र साम्प्रदायिक सम्पत्तिका रुपमा नभई स्वास्थ्य मानव जीवनका लागि अपरिहार्य साझा सम्पत्तिका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

सहरबासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । आयुर्वेदिक र वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन गर्न महानगर स्वर्णिम योजनाअन्तर्गत आरोग्य जीवन कार्यक्रम सञ्चालन भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको