रेखा थापाको ‘उपहार’को फर्स्टलुक्स सार्वजनिक

काठमाडौँ, १ माघ । आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘उपहार’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले एकसाथ ४ पोस्टर फर्स्टलुक्सको रूपमा ल्याएको हो । 

माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक फर्स्टलुक्स फिल्मका मुख्य कलाकार रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाल लगायतले प्राथमिकता पाएका छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा प्रस्तुतकर्ता हुन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सार्वजनिक सबै फर्स्टलुक्सले फिल्मको कथा झल्काउने निर्देशक देउजाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज