रियल मड्रिडलाई स्पेनिस सुपर कपको उपाधि

रियाद, १ माघ । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो ।

ब्राजिलियन विंगरले सुरुवाती १० मिनेटभित्र दुई गोल गर्दै कार्लो एन्चेलोटीको टोलीलाई साउदी अरबमा अग्रता दिलाएका थिए । उनले पहिलो गोलमा क्रिस्टियानो रोनाल्डोको शैलीमा खुसीयाली मनाएका थिए । खेलपछि उनले आफ्नो प्रेरणा रोनाल्डोलाई उक्त गोल समर्पित गरेको बताए ।

३३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि लगत्तै पेनाल्टीबाट गोल गर्दै भिनिसियसले आफ्नो ह्याट्रिक पुरा गरे । दोस्रो हाफमा रोड्रिगोले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । ७१ औँ मिनेटमा रोनाल्ड आरुहोले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेपछि बार्सा १० खेलाडीमा सीमित बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । प्रहरीले जबर्जस्तीकरणीको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको लेकबेँसी नगरपालिका-१० साटाखानीका ३६ वर्षीय तेजबहादुर

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी