त्रिविमा अब घरबाटै ट्रान्सक्रिप्ट

काठमाडौँ, २९ पौष । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । 

त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो । पनिका प्रमुख पुष्पराज जोशीले यसका लागि आवश्यक पर्ने प्रणाली तयार पारिसकिएको बताउँदै आज आइतबार विश्वविद्यालयका  पदाधिकारीहरूबीच इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकमा नमूना प्रदर्शन गरिने जानकारी दिए ।

जोशीका अनुसार यस प्रणालीबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन जस्ता काम गर्न सकिन्छ । प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भएसँगै यो काम व्यवस्थित तरिकाले चल्ने जोशीको भनाइ छ । हाल पर्याप्त जनशक्ति नभएकाले त्यसको व्यवस्था गर्न आफूहरू लागिपरेको उनले सुनाए । सबै कुरा मिले यो प्रणाली माघको पहिलो सातादेखि सुरु हुने उनले सुनाए । साथै भविष्यमा हुलाक सेवा विभागसँग समन्वय गरेर विद्यार्थीको ठेगानामा नै प्रमाणपत्र पुर्‍याइदिने योजना रहेको उनले बताए ।

“अहिले ती काम गर्न विद्यार्थीहरू बल्खु आएर बैंकमा पैसा जम्मा गर्ने, फारम भर्ने जस्ता सबै काम गर्नुपर्ने बाध्यता छ,” उनले  भने, “यो प्रणाली सुरु भएपछि ती सबै झन्झट हट्नेछन् । अहिले यो काम गर्न कार्यालयमा छ जना मात्र कर्मचारी छन् । थप सात कर्मचारी माग गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,