हमासका कमाण्डरसहित दर्जनौँ लडाकु मारिएको इजरायली दाबी

काठमाडौँ, २७ पौष । तेल अभिभ, इजरायल । गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकु मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजासहर खान युनिसमा इजरायली लडाकु विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकुको मृत्यु भएको छ । 

मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ । इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ । सेनाले भनेको छ, “मध्य गाजा सहर मघाजीमा इजरायली स्थल सेनाले नुखबा फोर्स कमान्डरसहित करिब २० जना ‘आतंककारी’लाई मारेको छ ।”

मगाजीको मध्य भागमा इजरायली सेनाले तीन सशस्त्र लडाकु हमासको सैन्य परिसरबाट बाहिर निस्केर आफूतिर अघि बढिरहेको देखेपछि आक्रमण गरेको थियो ।

गत अक्टोबर ७ मा गाजाको सीमा नजिकै दक्षिणी इजरायलमा रहेको इजरायली समुदायमाथि हमासले गरेको आक्रमणमा परी कम्तीमा एक हजार १४० व्यक्तिको मृत्यु भएको इजरायली पक्षले पुष्टि गरेको थियो । गाजामा हमासले बन्धक बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीको संख्या अहिले १३६ रहेको अनुमान गरिएको छ । इजरायली अधिकारीहरूले शवहरूको पहिचान र मानव अवशेषहरूको खोजी जारी राखेको र उक्त दिनदेखि अहिलेसम्म अन्य केही व्यक्तिहरू पनि सम्पर्कमा नआएको बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३