युक्रेनको संसदद्वारा परिचालन विधेयक खारेज

कीभ, २७ पौष । युक्रेनको संसद्ले बिहीबार सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसद्मा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत महिना चेतावनी दिँदै सेनाले युक्रेनमा तैनाथ ६० लाख वा सो भन्दा बढी रूसी सैनिकहरू विरुद्ध लड्न थप ५ लाख मानिसहरूलाई परिचालन गर्न चाहेको बताउँदै सो विधेयक प्रस्तुत गरेका थिए । यता सत्तारुढ दलका नेता डेभिड अरखामियाले युक्रेनका सैन्य नेताहरूसँगको बन्द गोप्य बैठकपछि भने- ‘केही प्रावधानहरूले प्रत्यक्ष रूपमा मानवअधिकारको उल्लङ्घन गर्दछ। हामी सैनिक कमाण्डको अनुरोध बुझ्छौं र यसलाई पूरा गर्न तयार छौं। तर सबै नियमहरूलाई समर्थन गर्न सकिँदैन,’ उनले थपे ।

इयु समर्थक उदारवादी होलोस पार्टीका विपक्षी सांसद् यारोस्लाभ झेलेज्न्याकले युद्धमा थप जनपरिचालनसम्बन्धी विधेयकमा समर्थन नरहने आशय व्यक्त गरेका छन् । मस्कोले युद्धको फ्रन्टलाइनमा युक्रेन विरुद्ध तैनाथी बढाउने प्रयास गरिरहँदा युक्रेन पनि सैन्य परिचालन बढाउन इच्छुक छ । इयु समर्थक उदारवादी होलोस पार्टीका विपक्षी सांसद् यारोस्लाभ झेलेज्न्याकले युद्धमा थप जनपरिचालनसम्बन्धी विधेयकमा समर्थन नरहने आशय व्यक्त गरेका छन् । मस्कोले युद्धको फ्रन्टलाइनमा युक्रेन विरुद्ध तैनाथी बढाउने प्रयास गरिरहँदा युक्रेन पनि सैन्य परिचालन बढाउन इच्छुक छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक