क्यानले गर्‍यो क्रिकेटर सन्दीपलाई निलम्बन

काठमाडौँ, २६ पौष । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । 

क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जनाएको छ ।

सन्दीपलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको कैद, तीन लाख क्षतिपुर्ति र दुई लाख पीडितलाई जरिवाना गरी पाँच लाख रुपैयाँ तिर्नुपर्ने सजाय सुनाएको थियो । पुस १३ गते नै अदालतले सन्दीपलाई दोषी ठहर गरेको थियो । सजाय बुधबार तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । प्रहरीले जबर्जस्तीकरणीको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको लेकबेँसी नगरपालिका-१० साटाखानीका ३६ वर्षीय तेजबहादुर

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी