रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, २६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसित नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।

आज काठमाडौँको वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटघाट भएको हो । रास्वपाले सम्पन्न गरेको तीनदिने ‘दबाब यात्रा’ (पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम)का विषयमा सो अवसरमा छलफल गरिएको थियो ।

“निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । थप ढिलाइ नहुन चालिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो,” रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनुभयो ।” भेटवार्तामा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, सांसद एवं पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ९ असार । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा

काठमाडौँ, ९ असार । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुुचन गर्न नहुने विषयमा

काठमाडौँ, ९ असार । बजारमा काउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार स्थानीय काउलीको

काठमाडौँ, ९ असार । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका