टेनिसमा नयाँ नियम : राति ११ बजेपछि एटीपी र डब्लूटीए प्रतियोगिता खेलाउन नपाइने

काठमाडौँ, २५ पौष । विश्व टेनिसमा नयाँ नियम लागू गरिएको छ । उक्त नियम लागू भएपछि अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताका कुनै पनि खेल राति ११ बजेपछि खेलाउन पाइने छैन । अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताको समय तालिका निर्धारण गर्दा राति ११ बजेभन्दा अगाडि नै खेल सकिने गरी बनाउनु पर्नेछ ।

यसैगरी विश्व टेनिसको नेतृत्वदायी निकायले अब एक दिनमा एउटै कोर्टमा पाँचवटा भन्दा बढी खेल खेलाउन पनि रोक लगाएको छ । राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकबिच समस्या देखिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो ।

राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकमा नकारात्मक असरहरु देखिएकाले यस्तो निर्णय लिइएको समाचारमा जनाइएको छ । सन् २०२२ को फेब्रुअरीमा मेक्सिकोको अकापुल्कोमा खेलिएको जर्मनीका एलेकजेन्डर जेरेभ र अमेरिकाका जेन्सन ब्रुक्सबिचको खेल अर्को दिन विहान ४ः५५ बजे सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।