टेनिसमा नयाँ नियम : राति ११ बजेपछि एटीपी र डब्लूटीए प्रतियोगिता खेलाउन नपाइने

काठमाडौँ, २५ पौष । विश्व टेनिसमा नयाँ नियम लागू गरिएको छ । उक्त नियम लागू भएपछि अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताका कुनै पनि खेल राति ११ बजेपछि खेलाउन पाइने छैन । अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताको समय तालिका निर्धारण गर्दा राति ११ बजेभन्दा अगाडि नै खेल सकिने गरी बनाउनु पर्नेछ ।

यसैगरी विश्व टेनिसको नेतृत्वदायी निकायले अब एक दिनमा एउटै कोर्टमा पाँचवटा भन्दा बढी खेल खेलाउन पनि रोक लगाएको छ । राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकबिच समस्या देखिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो ।

राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकमा नकारात्मक असरहरु देखिएकाले यस्तो निर्णय लिइएको समाचारमा जनाइएको छ । सन् २०२२ को फेब्रुअरीमा मेक्सिकोको अकापुल्कोमा खेलिएको जर्मनीका एलेकजेन्डर जेरेभ र अमेरिकाका जेन्सन ब्रुक्सबिचको खेल अर्को दिन विहान ४ः५५ बजे सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र