फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा राजीनामा

एजेन्सी, २४ पौष । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी नागरिकहरूलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानुन राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो ।

म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनी फ्रान्सको दोस्रो महिला प्रधानमन्त्री थिइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन