फागुन ११ बाट ‘गोर्खा वारियर’ प्रदर्शनमा आउने

काठमाडौँ, २४ पौष । फिल्म ‘गोर्खा वारियर’ नेपालमा फागुन ११ बाट देशव्यापी रिलिज हुने भएको छ ।

निर्देशक मिलन चाम्सका अनुसार फिल्म भारत र दक्षिण कोरियाको रिलिजका लागि समेत बिक्री भैसकेको छ । अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले फिल्म भारत र कोरियाबाहेक विश्वव्यापी रिलिज गर्दै छ ।

बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेको नेपाली फिल्म ‘गोर्खा वारियर’ले अन्तर्राष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएको छ ।

नेपाली, हिन्दी, अङ्ग्रेजी गरी तीन भाषामा निर्माण भएको फिल्ममा दोस्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलताको कथा विषय बनाइएको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राई लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको निर्माता मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा हुन् । प्रशान्त थापा, राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व फिल्म छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :