अन्तिम ११ मा प्रवेश गरिन् मेनुका

काठमाडौँ, २३ पौष । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् । इण्डियन आइडलको आइतबार रातिको एपिसोड मेनुका प्रेरित रह्यो । उक्त एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिंदा मेनुका भने अन्तिम ११ मा प्रवेश गरिन् । ‘बटम चार’मा रहेकी उनी बाँकी तीन जनाभन्दा बढी भोट ल्याएर सुरुमै सुरक्षित भइन् । तर ‘बटम चार’मा पर्नुको अर्थ भोटको कमी छ भन्ने हो ।

उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाइन् । एक गीत गाउँदा उनले लिरिक्सै नै बिर्सिइन् । गाउँदै गर्दा उनको मुटुको चाल (हार्ट बिट) बढेपछि म्युजिक बन्द गरियो । पानी पिउन दिइयो । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे । डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो ।

त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् । शारीरिक असहजताका कारण उनले अघिल्ला एपिसोडमा जस्तो उत्साही ढंगले भने गाइनन् । यद्यपि, उनको गायकी सुमधुर नै रह्यो । विशेष अतिथि बनेका बलिउड अभिनेता सञ्जय दत्तले मेनुकाको गायकीको प्रशंसा गर्दै कहिल्यै पनि हार नमान्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।