‘युवा पलायन र असफल राज्य सत्ता’

कुनै पनि देशको युवा शक्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको महत्वपूर्ण योगदान नै प्रमुख हुने गरेको छ ।

नेपाली युवा जनसांख्यीक लाभांशबाट फाइदा लिइ समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्न सक्ने अवसरको अवस्था रहे पनि राजनीतिक संक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । युवाका अधिकार, चाहना र आवश्यकतालाई मूर्त रुप दिन एउटा दूरगामी दृष्टिका साथ ठोस र विशिष्ट रणनीति कार्ययोजना बनाउनु आजको आवश्यकता हो । तर सरकार उक्त विषयमा करिव असफल भएको देखिन्छ ।

यसले चार ‘अ’ र चार ‘स’ को निर्देशन सिद्धान्तलाई आत्मसात गर्दछ । यसले नयाँ पुस्ता र देश विकासका लागि आवश्यक राष्ट्रिय भावना, एकता, समता, न्याय, सौहार्दता, समावेसीजस्ता साझा मान्यताहरुलाई जोड दिन्छ । यसले युवामा व्यापक लगानी गरी आर्थिक समृद्धि हासिल गर्न उत्तरदायी युवा तयार पार्ने कुरालाई केन्द्रमा राख्दछ । द्रूत विकासशील राष्ट्रमा पुर्याउन शिक्षालाई गुणस्तरीय, व्यवसायीक र रोजगारीमुलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ । यो युवा विकासको लागि गरिनु पर्ने आधारित कार्य हो ।

युवा उद्यमशीलता, सीप, रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । कृषि, पर्यटन उर्जा, पूर्वाधार र जडिबुटी नेपालका लगानी र रोजगारका महत्वपूर्ण क्षेत्र हुन् । त्यसैगरी सबल र स्वस्थ्य युवा निर्माणका लागि अर्को महत्वपूर्ण काम युवाका लागि स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता हो । युवालाई कस्तो प्रणालीबाट हामी स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । युवा परिचालन, सहभागिता र नेतृत्व विकास बिना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । युवा राष्ट्रिय अभियानहरु र देश निर्माण प्रक्रियामा उनीहरुको सक्रिय सहभागिता र स्वयंसेवकीय भूमिकामार्फत समाज र देशलाइ आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न सकिन्छ ।

प्रायः युवा नेताहरु खाली अरुको विरोधमा आलोचना खेपिरहेको पाइन्छ । आफ्नो भिजनलाई अगाडि कुदाएर यो देश र पार्टीलाई दिशा निर्देश गर्ने बेला होइन र ? साँच्चिकै पार्टी भित्रकै प्रोटोकलको लडाइँमा अस्तव्यस्त हुनुले के पार्टीले मूर्तरुप लेला र ? वैकल्पिक नेतृत्व जन्माउन अग्रज नेताहरूको विरोध गर्नु प्रमुख कुरा होइन ।

नेपालको सन्दर्भमा युवा अधिकारका सवालहरु मुख्यतया सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकास, शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण, युवाहरुबीच लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य, विज्ञान तथा प्राविधि, अनुसन्धान र अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन बौद्धिक युवा प्रतिभा पलायन रोक्न राज्यको स्पष्ट नीतिगत प्रतिवद्धता, खेलकूद मार्फत शारीरिक तथा मानसिक विकासको अवसर भने पनि राज्यले कार्यान्वयन गर्न सकेको छैन ।

यो सँगै युवाहरु नेपालमा सम्भावना नदेखेर भन्दा पनि भविष्य शुनिश्चित नभएर विदेश कमाउन जानेमात्र नभई पलायन हुने गरेका छन् । वार्षिक करिव नौ लाख युवा विदेशिने गरेका छन् भने चार लाखभन्दा कम युवा मात्र नेपाल फर्कने गरेको तथ्याङ्क रहेको छ । यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने युवा रोजगारीको लागि विदेश जाने हैन, पलायन हुने गरेको छन् । नवयुवाहरु विदेशमा गई वैवाहिक जीवन शुरुवात गरी उतै बालबच्चा जन्माउन थालेका छन् । जुन नव युवा नेपाल फर्कने सम्भावना घट्दो रहेको छ । युवा उमेरमा आवश्यक शैक्षिक योग्ता हासिल गरी दक्ष व्यक्ति निर्माण हुने समयमा अवसरको खोजिमा विदेश पलायन हुनुले आगामी दिनमा नेपालमा युवाको संख्या नै क्रमिक रुपमा कम हुँदै जाने देखिन्छ । यसले नेपालको विकास र समृद्धिमा ठूलो चुनौती थपिने छ ।

(लेखक राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको स्थायी कमिटी सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज