‘एनिमल’ टिमलाई सगरमाथा बेसक्याम्पमा ब्रेकफास्टको निम्तो

काठमाडौँ, २२ पौष । फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे ।

रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, तृप्ति डिमरी, बबी देओल, निर्देशक सन्दीप रेड्डी भांगा, निर्माताहरु भूषण कुमार, अनिल थडानीलगायत पार्टीमा सहभागी रहे । आलिया भट्ट, महेश भट्ट, नीतु कपुर पनि आकर्षणको केन्द्र बने ।

फिल्मका नेपाल वितरक नीरज पौडेल पनि एनिमलको पार्टीमा सहभागी थिए । फिल्मको कास्ट एण्ड क्रिउसँग फोटो खिचाएर उनले पार्टीको माहोल दर्शाएका छन् । उक्त अवसरमा नीरजले फिल्मका निर्माता भूषण कुमार, अनिल थडानी, निर्देशक भांगा, कलाकारहरु रणवीर, बबी देओल, रश्मिका मन्दाना, अनिल कपुर लगायतलाई नेपाल भ्रमणको निम्तो दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ