काठमाडौँ, २२ पौष । फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे ।
रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, तृप्ति डिमरी, बबी देओल, निर्देशक सन्दीप रेड्डी भांगा, निर्माताहरु भूषण कुमार, अनिल थडानीलगायत पार्टीमा सहभागी रहे । आलिया भट्ट, महेश भट्ट, नीतु कपुर पनि आकर्षणको केन्द्र बने ।
फिल्मका नेपाल वितरक नीरज पौडेल पनि एनिमलको पार्टीमा सहभागी थिए । फिल्मको कास्ट एण्ड क्रिउसँग फोटो खिचाएर उनले पार्टीको माहोल दर्शाएका छन् । उक्त अवसरमा नीरजले फिल्मका निर्माता भूषण कुमार, अनिल थडानी, निर्देशक भांगा, कलाकारहरु रणवीर, बबी देओल, रश्मिका मन्दाना, अनिल कपुर लगायतलाई नेपाल भ्रमणको निम्तो दिए ।